रुपाका २६ परिवारलाई जनता समाजवादीको राहत

जनता समाजवादी पार्टीले सोमबार कास्कीको रुपा गाउँपालिकाका विपन्न २६ परिवारलाई राहत वितरण गरेको छ ।

पार्टीका गण्डकी प्रदेश उपाध्यक्ष दीपक तामाङको सहयोगमा प्रदेश सदस्य एवं पार्टीका रुपा गाउँपालिका संयोजक नारायण सुवेदीको नेतृत्वमा राहत वितरण गरिएको हो । रुपा वडा नं. २ र ६ का केही विपन्नलाई खाद्यान्न हस्तान्तरण गरिएको संयोजक सुवेदीले जानकारी दिए । उनले जनताको सुखदुःखमा पार्टी सधै जनतासँगै रहेको उल्लेख गरे ।

कार्यक्रममा पार्टीका प्रदेश सदस्य मधुकर न्यौपाने पनि सहभागी थिए ।