किवानिज क्लब अफ पोखरा सिटीको अध्यक्षमा प्रिया

किवानिज क्लव अफ पोखरा सिटीको वर्ष २०२०।२०२१ का लागि अध्यक्षमा प्रिया थापा सर्वसम्मत चयन भएकी छन् ।

त्यस्तै उपाध्यक्षमा निशा पन्थी, सचिवमा विन्दु थापा, सहसचिवमा दिव्यानी थापा र कोषाध्यक्षमा शिखा गुरुङ चयन भएका छन् ।

पूर्व अध्यक्ष कल्पना कार्कीले प्रिया थापा नेतृत्वको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै विगतको भन्दा अझ राम्रो काम गर्ने विश्वास व्यक्त गरिन् । विगतमा क्लवले असहाय तथा जेहेन्दार बालबालिकाका शिक्षाका लागि शैक्षिक तथा आर्थिक सहयोग गरिएको बताउँदै अब गरिब तथा जेहेन्दार बालबालिकाका हरेक पक्षलाई सहयोग हुने कार्य गर्न नेतृत्वलाई आग्रह गरिन् ।

क्लवकी पूर्व अध्यक्ष कल्पना कार्कीको अध्यक्षमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष जुना थापा र सञ्चालन सचिव निशा पन्थीले गरेकी थिइन् ।