डेभिजफल बचत तथा ऋण सहकारी पोखरा १७ ले सोमबार खुला रक्तदान आयोजना ग¥यो । रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ९४ युनिट रगत संकलन भएको छ ।
कार्यक्रममा पोखरा वडा १७ का अध्यक्ष तीर्थराज अधिकारीले सहकारी, क्लब, संघ, संस्थाले मानवीय सहयोग र विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले वडा कार्यालय नागरिकका हरेक दुःखसुखमा सँगसँगै रहेको उल्लेख गर्दै सहकार्य र रचनात्मक सुझाव दिएर विकास र समृद्धिलाई सघाउन आग्रह गरे ।
कार्यक्रममा नेकपा पोखरा १७ का अध्यष सुवास ढुंगाना, पोखरा उद्योग बाणिज्य संघका महासचिव अर्जुन पोख्रेल, नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखा सभापति झपिन्द्रराज रेग्मी, छोरेपाटन टोल सुधार समिततिका चूडामणि बराल, अनमोल सहकारीका बद्रीनाथ पहारी,
छोरेपाटन सहकारीका खिमलाल बराल, राजेन्द्र थापा लगायतले बोलेका थिए ।
सहकारीको १० औं वार्षिकोत्सवमा भएको कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष राजन अधिकारीले गरेका थिए ।




