सिटिजन्स् जुरीले उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने

भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था (सीटीजन्स् जूरी) ले कास्कीमा कार्यरत कर्मचारीलाई उत्कृष्ट राष्ट्र सेवक कर्मचारीको रुपमा सम्मान गर्ने भएको छ ।

कोराना भाइरस संक्रमण न्यूनीकरणको लागि सरकारले जारी राखेको लकडाउनबीच जटिल समयमा समेत नागरिक सरोकार, वातावरण एवं सम्पदा संरक्षण लगायत सुशासन प्रवद्र्धनमा विशेष योगदान पु¥याउने सरकारी कर्मचारीलाई सम्मान गरिन लागेको संस्थाका अध्यक्ष वरिष्ठ अधिवक्ता तिलक पराजुलीले जानकारी दिए ।

संस्थाको आइतबार बसेको बैठकले प्रतिभा छनोटका लागि रामबहादुर पौडेलको संयोजकत्तवमा ३ सदस्यीय छनौट समिति गठन गरेको छ । सदस्यमा शशी तुलाचन र इन्द्रकमल मानन्धर रहेका छन् ।

संस्थाको आगामी भदौ ७ मा पोखरामा हुने वार्षिक साधारणसभामा सो सम्मान अर्पण गरिने सहसचिव शशि तुलाचनले बताइन् ।