नेपाल प्रेस काउन्सिलले सयभन्दा बढी अनलाइन बन्द गरेको जनाएको छ । अफवाह र भ्रमपूर्ण समाचार दिने दर्ता भएकै अनलाइन भए पनि अब सिधै बन्द गरिने भएको छ ।
काउन्सिलले बिहीबार सूचना विभागमा दर्ता भएको टिभिहिमालयनदैनिक डटकम बन्द गरेको छ। काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले स्पष्टिकरण सोध्ने गरिएकोमा अब त्यसो गरी काम नचल्ने अबस्था आएकाले सिधै बन्द गरिने बताए ।
श्रेष्ठले अश्लील र भ्रामक समाचार प्रकाशित गर्ने अनलाइनलाई बन्द गर्ने कानुनी व्यवस्था भएको दाबी गरे । पाठक बढाउन अनलाइनहरुले अनेक भ्रामक र अतिरञ्जित सामग्री सम्प्रेषण गर्ने गरेको उनको भनाइ छ ।




