केशरको मृगौला प्रत्यारोपणका लागि सहयोग समिति

आर्थिक समस्याका कारण मृगौला प्रत्यारोपणमा समस्या भएपछि बागलुङ्ग जिल्लाको निसिखोला गाउँपालिका वडा नं. ३ का केशर विकको जीवन रक्षाका लागि सहयोग समिति गठन भएको छ ।

जीवन रक्षाका लागि जगत शाहीको संयोजकत्वमा मूल सहयोग समिति गठन भइ विभिन्न स्थानहरुमा समेत संयोजकहरुले काम गरिरहेको पोखरा सहयोग समितिका संयोजक मनिष चन्दले जानकारी दिए ।

गौतमबुद्ध सामुदायिक अस्पताल बुटबलमा उपचाररत विकको उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौंमा रिफर गरिएको छ । उनको उपचारका लागि बाह्र लाख रुपैयाँ लाग्ने अस्पतालले जनाएको र सो रकम जुटाउन परिवारलाई समस्या भएपछि यो समिति गठन भएको हो ।

समितिको सक्रियतामा बागलुङ्ग, पोखरा, बुटबल, काठमाडौंसहित नेपाल बाहिर भारत, कतार, जापान, बहाराइन र जर्मनीमा सहयोग संकलन भइरहेको छ । हालसम्म समितिले पाँच लाख बढि सहयोग संकलन भइरहेको र बाँकी रकम पनि केही दिनमा उठाउने लक्ष्य रहेको समितिले जानकारी दिएको छ ।