लायन्स पोखरा सेन्ट्रल सिटीको सहयोग

लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटीले खाद्यान्न सहयोग गरेको छ ।

क्लबले पोखरा महानगरपालिका २५ हेम्जा स्थित बाल विकास केन्द्रमा अध्यनरत बालबालिकाका श्रमिक महिला अभिभावकलाई खाद्यान्न सहयोग गरेको हो । पोखरा महानगरपालिका वडा नं २५ का अध्यक्ष शोभाखर तिमिल्सिनाले खाद्यान्न वितरण गरे ।

कार्यक्रममा जोन चेयर पर्सन चेतन कार्की, डिस्ट्रीक पिआरओ प्रदीप सुबेदी, कमिटी चेयर पर्सन भीम सुवेदी, कोषाध्यक्ष रिखीराम ढकाल, स्पोर्ट डाईरेक्टर शुशिल पौडेल, क्लब डारेक्टर बिष्णु जोजीजु लगायतले बोलेका थिए ।

क्लबका अध्यक्ष राजेस सिल्पकारको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन ई अर्जुन पौडेलले गरेको थिए ।