कास्कीमा मास्क नलगाई हिड्ने २१ जनालाई कारवाही

कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा मास्क नलाई हिड्ने २१ जनालाई कारवाही गरेको छ ।

न्यूनतम २ मिटर सामाजिक दुरी कायम गर्ने, अनिवार्य रुपमा मास्क र सेनिटाईजर प्रयोग गर्ने साथै पूर्ण रुपमा लकडाउनको पालना गर्नुपर्नेमा नेपाल सरकारको निर्देशनको वेवास्ता गरेको भन्दै कास्की प्रहरीले बुधबार मास्क नलगाई हिड्नेहरुलाई कारवाही गरेको हो ।

ती व्यक्तिहरुलाई सम्झाई बुझाई गर्दा अटेर गर्ने २१ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन, २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय पठाइएको थियो ।

प्रशासनले उनीहरुलाई जनही १ सय जरिवाना गरी छाडेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।