कास्कीमा एकै दिन १३ कोरोना संक्रमित थपिए

कास्कीमा बुधबार एकै दिन १३ कोरोना संक्रमित थपिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको जाँचमा पोखरा महानगरपालिकाका १० पुरुष र मादी गाउँपालिकाका २ पुरुषमा संक्रमण पुष्टि भएको हो । मादीकी १ महिलामा पनि कोरोना पुष्टि भएको छ ।

अब गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या कुल १ हजार १ सय २९ पुगेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।