प्रवासबाट छचल्कियो पलाँसको देशप्रेम (गीतको भिडियोसहित)

आफ्नो जमिन फिर्ता गरिछाड्ने बेला भयो
सिमानामा देशको झन्डा गाढ्ने बेला भयो

प्रवासमा रहेर पनि निरन्तर साहित्य सिर्जनामा क्रियाशिल शिव पलाँसको नयाँ गीत सार्वजनिक भएको छ । दक्षिणी छिमेकीले सदियौदेखि नेपालको पानी र जमिन कब्जा गरेको प्रतिक्रियामा यो गीत सिर्जना भएको देखिन्छ ।



यो गीतमा रमेश कडरियाको संगीत र स्वर छ । संगीत संयोजन नरेन्द्र बियोगीले गरेका छन् । रमेश कडरियालाई नवगायिका अनिता घिमिरेले साथ दिएकी छन् ।

कडरिया इन्टरटेनमेन्टमार्फत सार्वजनिक भएको भिडियोको निर्देशन भुवन लामाले गरेका हुन् ।