गंगालालमा भर्ना भएका ७ मा कोरोना

शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रले आकस्मिक बाहेकका सेवा बन्द गरेको छ।

अस्पतालमा भर्ना भएका ७ बिरामीमा कोरोना पुष्टि भएपछि अस्पतालले सेवाहरु स्थगित गरेको हो । केन्द्रले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेको जनाएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले सात जनामा कोरोना पुष्टि भएको बताए ।