पूर्व सभामुख रानाभाटलाई मातृशोक

पूर्व सभामूख एवं नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटलाई मातृशोक परेको छ ।

उनकी आमा एवं प्रजातन्त्र सेनानी स्वर्गिय नारायणदत्त रानाभाटकी पत्नी खिमकुमारी रानाभाटको आज बिहान नौ बजे पोखरा २६ को आफ्नै निवासमा निधन भएको छोरा देवेन्द्र रानाभाटले बताए । देवेन्द्र नेपाली कांग्रेस कास्की सचिव हुन् ।

खिमकुमारी लामो समयदेखि बिरामी थिइन् । उनको जन्म १९७७ असोज महिना बिजयादशमीका दिन भएको थियो । उनका छोराहरु तारानाथ रानाभाट, खिलेन्द्र रानाभाट, देवेन्द्र रानाभाट र सुरेन्द्र रानाभाट छन् भने छोरीहरु खिमादेवी रानाभाट र शोभा कुमारी रानाभाट छन् ।

स्वर्गिय रानाभाटको आज दिउँसो साढे २ बजे निवासबाट शवयात्रा सहित रामघाटमा अन्तेष्टी गरिने परिवारिक स्रोतले जनाएको छ ।