जयकोट सामुदायिक वनमा वृक्षारोपण

लायन्स क्लब अफ पोखरा पिस टाउनले पोखरा ११ स्थित जयकोट सामुदायिक वनमा वृक्षारोपण गरेको छ।

क्लबले सोमबार सो ठाउमा गत वर्ष रोपिएका बिरूवा गोडमेल एवं करिब ३ सय ५० वटा विभिन्न जातका बिरुवा रोपिएको कार्यक्रमका संयोजक क्लबका सचिव सिर्जना बरालले जानकारी दिइन् । चिऊरी १००, धुपी ५०, कल्की ५०, कागती ५० र बिभिन्न जातका डाले घॉस १०० वटा बिरुवा रोपण गरिएको छ ।

क्लबका अध्यक्ष सरला तिमिल्सिना एवं क्लबका पदाधिकारीले जयकोट सामुदायिक वनका अध्यक्ष शिवबहादुर कार्कीलाई बिरुवा हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरिएको थियो ।

क्लबका रिजन चेयरपर्सन अमृतप्रसाद तिवारीले बृक्षारोपणले वरपरको वातावरणलाई हराभरा पार्नुका साथै औषधिको समेत काम गर्ने हुँदा सामुदायिक वनमा मात्र नभई घरको छेउछाउमा पनि रूख रोप्न आग्रह गरे ।

क्लबका अध्यक्ष सरला तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा जयकोट सामुदायिक वनका अध्यक्ष शिवबहादुर कार्की, क्लबका प्रथम उपाध्यक्ष शोभा पौडेल, भन्ज्याड नर्सरी टोल विकास संस्थाका अध्यक्ष लगायतले बृक्षारोपणको महत्व प्रकाश पारे ।

कार्यक्रमका संयोजक बरालका अनुसार बिरूवा डिभिजन वन कार्यालय तनहुबाट प्राप्त भएको र बिरूवा स्थानिय बासिन्दाको माग बमोजिम रोपिएको हो ।