काङ्ग्रेस पोखरा १७ जहिल्यै गोयबल्स शैलीमा

कोरोना भाइरस (कोभिड-19) बिश्वब्यापी समस्या हो। यसको औषधि र भ्याक्सिन अहिलेसम्म पत्ता लागेको छैन,हामी आफैं कर्तव्यबोध हुनु पर्दछ। मास्क,सोसियल डिस्टेन्सिङ्ग,होम क्वारेन्टाइन ,अपरिहार्य काम नपरी बाहिर ननिस्कनु हाम्रो जिम्मेवारी र कर्तव्य हो । यसमा हामी सबैले गम्भीरता पूर्वक ध्यान दिनै पर्छ, हामी सचेत होऔ।

बिमार कोही-कसैले इच्छा गरेर वा रहरले हुने हैन अनि आपसमा जस्तोसुकै शत्रुता यदि छ भने पनि तलाई यो वा उ रोग लागेर फक्लक्कै मरेस भनेर जस्तो शत्रुले पनि भन्दैन । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) उच्च मानवीय गुणहरुले युक्तहरुले भरिपूर्ण पार्टी हो। नेपाली जनताको प्यारो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का तर्फबाट गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसभन्दा १३०० मत बढीले बिजयी हाम्रो पार्टीका तर्फबाट पोखरा -१७ मा बिजयश्री हुनुभएका अध्यक्ष तीर्थराज अधिकारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) पोखरा महानगर जिल्ला कमिटीको सचिवालय सदस्य हुनुहुन्छ ।

हामीलाई गर्ने सृजनात्मक आलोचना आवश्यक छ तर बिरोधका लागि बिरोध गर्ने आलोचना खेदजनक छ।

पोखरा -१७ का महान जनसमुदायप्रति कत्तिको जवाफदेही र उच्च स्तरको जनताको सेवक हुनुहुन्छ भन्ने कुरा दिउँसोको घाम जस्तै छर्लङ्ग छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) र पोखरा -१७ का जनसमुदायका प्यारा जनप्रतिनिधि क. तीर्थराज अधिकारीलाई कमजोर तुल्याएर झूटको महल सृजना गर्न सकिन्छ कि धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने सोह्रै आना असम्भव दुस्साहसका साथ पोखरा -१७ मा कोरोना कहरको बारेमा जनसमुदायलाई दिग्भ्रमित गर्न सकिन्छ भन्ने निकृष्ट कामको प्रोपोगन्डा नेपाली काङ्ग्रेस र त्यसका मतियारहरुले गर्न खोज्दैछन् ।

त्यो सफेद झूट , कपोल्कल्पित छ,खेदजनक छ। हाम्रो सिङ्गै पार्टी नेकपा र नेकपाबाट निर्बाचित जनप्रतिनिधिहरु प्यारा जनसमुदायको स्वास्थ्य लगायत जीवन पद्धतिका हरेक शिर्षकहरुमा उत्तिकै चिन्तित र कर्तव्यपरायण छन् । घटनाक्रमले जनबिरोधीको रूपमा पुष्टि भैसकेका म्याद गुज्रिएका औषधि जस्ता तत्वहरुले हामीलाई गर्ने सृजनात्मक आलोचना आवश्यक छ तर बिरोधका लागि बिरोध गर्ने आलोचना खेदजनक छ।