पोखराको जिरो किमीमा मोटरसाइकलले ठक्कर दिँदा १ को मृत्यु

पोखरा महानगरपालिका ५ जिरो किमीमा आइतबार मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका ५ जिरो किमीमा लु ५९ प ८७८१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५१ वर्षकी रुपा सिंह विकको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते विकलाई उपचारको लागि मेट्रोसिटी अस्पताल पठाईएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक पोखरा ६ बस्ने वर्ष १९ का नारायणप्रसाद आचार्यसमेत घाईते, रहेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।