पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयको गरेको आन्तरिक परीक्षालाई आधार मानेर विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय गरेको हो ।
आन्तरिक मूल्याङ्कनको कार्यविधि भने राष्ट्रिय परीक्षा बोर्डले बनाउने भएको छ । कोरोना संक्रमणका कारण बोर्डले लिने परीक्षा यसपटकलाई रद्ध गर्ने निर्णय गरिएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईले बताए ।




