
मुस्ताङका एकमात्र कोरोना संक्रमित ८३ वर्षीय पुरुष निको भएका छन् । उनी आज डिस्चार्ज भई घर फर्किएको स्वास्थ्य कार्यालय, मुस्ताङका प्रमुख टीकाराम भण्डारीले जानकारी दिए ।
ती वृद्धमा असार ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी घरपझोङ १ छैरोमा रहेको तिब्बती शरणार्थी क्याम्पमा बस्थे । उनी जेठ ३१ गते काठमाडौंबाट मुस्ताङ आएका थिए ।
तस्बिर : टीकाराम भण्डारी