राष्ट्रिय प्रतिभा र प्रादेशिक प्रतिभा पुरस्कार घोषणा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न विधामा दिइने पुरस्कारबाट सम्मानित हुने स्रष्टाहरुको नाम सार्वजनिक गरेको छ ।

आइतबारको मन्त्री स्तरीय निर्णयबाट पुरस्कार र सम्मान दिइने व्यक्तित्वहरु चयन गरिएको हो । राष्ट्रिय प्रतिभा पुरस्कारको राशि जनही १ लाख र प्रादेशिक प्रतिभा पुरस्कारको राशि जनही ५० हजार छ ।

संगीत, नाट्य विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार सिराहाका सत्यनारायण चौधरीले पाएका छन् । तनहुँमका मनकुमार श्रेष्ठलाई प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मान गरिने भएको छ ।
सोमबार सार्वजनिक विवरण अनुसार संस्कृति विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार काठमाडौंका बुद्धिनारायण श्रेष्ठलाई प्रदान गरिने भएको छ । संस्कृति विधामा गण्डकीको प्रादेशिक प्रतिभा पुरस्कार स्याङ्जाका प्राध्यापक ज्ञानबहादुर कार्कीलाई प्रदान गरिने भएको छ ।

भाषा, साहित्यतर्फ राष्ट्रिय प्रतिभा पुरस्कार प्राडा दयाराम श्रेष्ठ सम्भवले पाएका छन् भने यो विधामा गण्डकीको प्रदेशिक प्रतिभा पुरस्कार तर्कना शर्माले पाएकी छन् । ललितकलातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार काठमाडौंका श्यामलाल श्रेष्ठ र गण्डकी प्रादेशिक प्रतिभा पुरस्कार स्याङ्जाका महेश आचार्यले पाएका छन् ।

भगत सर्वजित मानव मर्यादा पुरस्कार अन्तर्गत समाज सुधार अभियानतर्फ नवराज विक सम्मानित भएका छन् । जाजरकोटका विकको रुकुममा हत्या भएको थियो । यस्तै मानवअधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले छानिएका छन् ।

Puraskar_PR_77_3_15-2

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।