गण्डकी प्रदेशमा फेरि ३४ संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको साँझ ८ बजेको विवरण अनुसार बागलुङका २७, पर्वतका १, तनहुँका ६ र कर्णाली प्रदेशका १ जनामा कोभिड १९ पुष्टि भएको छ ।
अब प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ८८ पुगेको छ । शनिबार बिहान ३२ जना, दिउसो १६ जना र साँझ ३४ जना गरी एकै दिन ८२ जना नयाँ संक्रमित थपिएका छन् ।
प्रदेशमा कोरोन संक्रमण निको हुनेको संख्या १ सय २१ पुगेको निर्देशनालयका प्रवक्ता डा विनोदविन्दु शर्माले बताए ।




