गण्डकीमा ८३८ संक्रमित, शनिबार थपिए ३२ जना

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ३८ पुगेको छ । शनिबार बिहान १२ महिनाको शिशुसहित ३२ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्याङ्जामा २२, नवलपरासी सुस्तापूर्वमा २ र बागलुङमा ८ जना संक्रमित भएका छन् । गण्डकीमा कोरोना संक्रमित २ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमित १२ महिने शिशु भारतबाट आएका हुन् । २ हप्ताअघि आमाबाबुसँग भारतबाट आएका स्याङ्जा अर्जुनचौपारीका ती शिशु आमाबाबुसँगै क्वारेन्टिनमा थिए ।