गोपाल खनाल पोखरा
असार १२ गते २०७७
यो विपत्तिमा पनि महाशयहरुको भोज चल्छ
मरिसकेपछि मृत्युबारे बल्ल सोधखोज चल्छ ।।
हर पीडा भोग्ने त हुँदा खानेहरुले नै त हो
हुने खानेहरुको त सधै रङ्गरससँगै मोज चल्छ ।।
केही दिनदेखि अनायसै आँखा बिझाइरहेछ ।
आफ्नै मन आफैदेखि अचेल रिसाइरहेछ ।।
यता म पीडाले छट्पटाइ रहेछु अचेल
उता छिमेकी बेमौसमी बाजा बजाइरहेछ ।।