तनहुँमा क्वारेन्टिनमा बसेका व्यक्तिले गरे आत्महत्या

तनहुँको क्वारेन्टिनमा बसेका एक पुरुषले आत्महत्या गरेका छन् ।

घिरिङ गाउँपालिका ३ सुन्धाराको चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका ४९ ती पुरुषले मंगलबार राति झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनी वडा नम्बर ३ मा रहेको क्वारेन्टिनमा असार ६ गतेबाट बसेका थिए । उनी भारतबाट नेपाल आएका हुन् । असार ४ गते एक दिन बसेर क्वारेन्टिनबाट भागेका उनलाई असार ५ गते राति भागेका उनलाई ६ गते भेटेर फेरि क्वारेन्टिनमा राखिएको थियो ।

मृतकको पिसिआर जाँच गरी रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन हुने प्रहरीले जनाएको छ ।