कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ स्वास्थ्यकर्मीलाई कोरोना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ।

प्रतिष्ठानको अस्पताल निर्देशक डा मंगल रावलले स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि अरु कर्मचारीको पनि पिसिआर जाँच हुने उल्लेख गरे ।

अस्पतालमा आकस्मिक र अन्य सेवा गाइडलाइन अनुसार चलिरहेका छन् । संक्रमण देखिएका स्वास्थ्यकर्मी सबैको अवस्था सामान्य छ।