१० महिने बालिकाले जितिन् कोरोना

अर्घाखाँचीमा १० महिने बालिका सहित ४८ जना डिस्चार्ज भएका छन् ।

जिल्लाको  शितगंगा नगरपालिकामा १० महिने बालिका सहित १५ जना, सन्धिखर्क नगरपालीकामा २९ जना, पाणिनी गाँउपालीकामा ३ जना र छत्रदेव गाँउपालीकामा १ जना  गरि ४८ जनाले कोरोना जितेर घर फर्किएको जनस्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापामगरले जानकारी दिईन् ।

शितगंगामा कोरोना जितेर घर फर्किएकाहरुलाई बधाई दिदै नगर प्रमुख सुर्य प्रसाद अधिकारी,उपप्रमुख टिका रेश्मी , प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतम,वडा नम्बर २ का वडा अध्यक्ष गोर्वद्धन थापा,स्वास्थ शाखा प्रमुख कृष्ण पौडेल,प्राथमिक स्वास्थ केन्द्र ठाडाका ईन्चार्ज डाक्टर विभेस मंडल लगायतको समुहले एक साता सम्म होम क्वारेन्टाइनमा बस्न उनिहरूलाई सुझाउदै बिदाई गरेका छन् ।

शितगंगाको बिभिन्न क्वारेन्टाइनमा  ३७ दिन पुरा हुदा समेत पिसिआर रिपोर्ट नआएको भन्दै उनिहरू आक्रोसित भएका छन् ।