नपढाई शुल्क लिन खोज्ने प्याब्सनलाई अनेरास्ववियूको १४७ रुपैयाँ


निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)ले कोरोना महामारीमा बन्द अवधिको समेत शुल्क उठाएको भन्दै नेकपाकै विद्यार्थीहरु विरोधमा छन् ।

पोखराको महेन्द्रपुलमा मंगलबार अनेरास्ववियूका नेताहरुले सर्वसाधरणबाट पैसा उठाएर प्याब्सन केन्द्रको खाता नम्बर ००१००६०२६६१७५ मा १ सय ४७ रुपैयाँ जम्मा गरे । यसअघि प्याब्सनले निजी विद्यालय पनि संकटमा रहेको भन्दै विद्यार्थी भर्ना गर्न, पुरानो र नयाँ शुल्क समेत तिर्न आग्रह गरेको थियो ।

अनेरास्ववियुका केन्द्रीय नेता क्षितिज सापकोटाले स्कुलहरु बन्द रहे पनि शुल्क उठाउन प्याब्सनले आह्वान गरेपछि संगठन आन्दोलनमा उत्रिएको उल्लेख गरे । माहामारीका कारण अफ्ठ्यारोमा परेका अभिभावक र विद्यार्थीहरुलाई थप मारमा पार्ने काम प्याब्सनबाट भएको उनको दाबी छ ।

यसअघि कमाएको नाफाको केही अंश यो संकटमा लगानी गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘अभिभावक र विद्यार्थी मारमा परेका बेला निजी विद्यालयहरुले यसअघि लुटेको रकम संकटका बेला खर्च गर्नुपर्छ।’

उनले अभिभावकलाई निजी विद्यालयले भने जसरी नपढाएको अवधिको शुल्क नतिर्न उनले आग्रहसमेत गरे ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं