अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरा १७ मा कर्मचारी युनियन गठन गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा सञ्चालित संग्रहालय परिसरमा आयोजित कर्मचारीको भेलाले राजन जोशीको अध्यक्षतामा ९ सदस्यीय कर्मचारी युनियन गठन गरेको हो ।
सो तदर्थ समितिको सचिवमा विकल लामा, कोषाध्यक्षमा भावना शर्मा तिमिल्सिना एवम् सदस्यहरुमा विजय लामा, लेखबहादुर भुजेल, सरिता कँडेल, रामबहादुर थापा, सरस्वती नेपाली र सिर्जना गौतम छन् ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले युनियनमा आवद्ध सदस्यहरु कर्तव्यनिष्ट, अनुशासित भएर आप्mनो जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिए । नेपालको संविधानले श्रमजिवीको हक अधिकार सुनिश्चित गएको बताउँदै उनले यसको सफल कार्यान्वयनका लागि रोजगारदाता र श्रमजिवी बीच सुमधुर सम्वन्ध हुनुपर्ने आवश्यकता औंल्याए ।
“पर्वतीय संग्रहालय मुलुककै एउटा गौरव हो” उनले भने, “यसलाई विश्वव्यापी रुपमा परिचित गराउनु हामी सवैको सामुहिक दायित्वमा पर्दछ ।”
नेपाल ट्रृेड युनियन महासंघ (जिफण्ड) महिला कमिटी केन्द्रीय अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङले योगदानमा आधारित सामाजिक सुरक्षालाई व्यवस्थित गरिनुपर्नेमा जोड दिइन् ।
संस्थामा आवद्ध प्रत्येक सदस्यले विरामी हुँदा उपचारका लागि ४० हजार रुपैयाको आर्थिक सहयोग प्राप्त गर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले संस्थाले सरकारसंगको सहकार्यमा न्यून पारिश्रमिक पाउने विदेशमा रहेका श्रमजीवीलाई स्वदेश फर्काउन पहल गरिरहेको जानकारी दिइन् ।
जिफण्ड गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्रीले संवैधानिक हक अधिकार प्राप्त गर्नु नैसर्गिक अधिकार भएको बताउँदै श्रमजीवी वर्गको नेतृत्व विकासका लागि ज्ञान, सीप विकासका लागि आवश्यकता अनुसार तालीमको व्यवस्था गरिने जानकारी द्एि ।
कार्यक्रममा नेकपा पोखरा १७ का वडाध्यक्ष सुभाष ढुङ्गाना, प्रेस संगठन गण्डकी प्रदेश सदस्य हरि बास्तोला, स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन गण्डकी प्रदेश अध्यक्ष गोविन्द योगी लगायतले युनियन गठनले कर्मचारीको अधिकार प्राप्तिका साथै संस्थागत विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
राजन जोशीको अध्यक्षतामा भएको कार्यक्रममा विकल लामाले संग्रहालयका गतिविधि, सरिता केडेलले स्वागत गरेको कार्यक्रम उज्ज्वल अधिकारीले सञ्चालन गरेका थिए । संग्रहालयका २३ जना कर्मचारीमध्ये १८ जना युनियनमा आवद्ध रहेका छन् ।




