तीन बर्षदेखी काठमाडौ उपत्यकामा ग्राहकका रोजाइको रेस्टुरेन्टबाट खाजा र खानाका परिकार घर तथा अफिसमा डेलिभरी गर्दै आएको लोकप्रिय अनलाइन सपिङ माध्यम भोजडिल (bhojdeals.com)ले लकडाउनमा पनि आफ्नो सेवालाई निरन्तरता दिएको छ।
कोभिड १९ को त्रास सँगै लकडाउनले घरैमा थन्कनुपर्ने बाध्यात्मक परिस्थितिमा स्वास्थ सुरक्षाको सावधानी अपनाएर रेस्टुरेन्टका परिकारहरु ग्राहकलाई घरैमा डेलिभरी गर्दै आएको भोजडिलका संस्थापक निकेत अग्रवालले बताए। सुरुमा आफ्नो सेवा रेस्टुरेन्टका परिकार डेलिभरीमा केन्द्रित भोजडिलले लकडाउनको विषम परिस्थितिमा ताजा तरकारी फलफूल र किराना सामान समेत डेलिभरी गर्दै आएको छ। के के सुपरमार्केट सँग व्यापार साझेदारी गरि किराना सामानको समेत डेलिभरी गर्दै आएको अग्रवाललेले बताए। ग्राहक र कर्मचारी दुबैको स्वास्थ प्रती सजग हुँदै मास्क, ग्लोव्स र सेनिटाइजर मात्र नभई आवस्यक पिपिईको प्रयोग गरि कर्मचारी होम डेलिभरीमा खटिएको अग्रवालले जानकारी दिए।
कर्मचारीको नियमित स्वास्थ परिक्षण गरिने र सम्पुर्ण कर्मचारीको कोरोना बिमा समेत गरिएको बताइएको छ। ग्राहकहरुको सुविधा र स्वास्थ सुरक्षा मध्यनजर गर्दै भोजडिलले इ-सेवा, खल्ती, फोन-पे, बैंक कार्ड, कनेक्ट लगायत माध्यमबाट अनलाइन भुक्तानी गर्न सकिने बताइएको छ। भोजडिलले ‘पार्सल सेवा’ समेत थप गरेको छ।
सार्वजनिक तथा निजी सवारी नचलेको असहज परिस्थितिमा कागजात एवं आवस्यक सामान तथा गिफ्ट ग्राहकले काठमाडौँको एक ठाउँ बाट अर्को ठाउँ पठाउनुका लागि ग्राहक आफै बाहिर नजानुपर्ने र भोज मार्फत पार्सल गर्न सक्ने कम्पनीले बताएको छ। अहिलेका स्थितिमा रेष्टुरेन्ट भित्र बसेर खान नपाउनेले भएकाले इक्छुक ग्राहकले आफै रेस्टुरेन्टबाट खान लिन जान चाहेमा भोज एपबाट अर्डर गरि ‘टेक अवे’ रोज्दा आफु रेष्टुरेन्ट पुग्दा खाना खाजा प्याकिङ तयार भएको पाउन सक्नेछन। ग्राहकले bhojdeals.com र मोबाइल एप मार्फत भोजडिलको सेवा लिन सक्नेछन्।





