पत्रकार कञ्चन थापाले दिइन् व्यवसायीलाई घरभाडामा छुट

बन्दाबन्दीले समस्यामा परेका भाडावाल व्यवसायीलाई सञ्चारकर्मी कञ्चन थापा र उनका श्रीमान नगेन्द्र कोइरालाले भाडामा सहुलियत दिएका छन् ।

पोखरा महानगरपालिका वडा न ५ पस्याङ्रको उनीरुको घरमा भाडामा रहेको ‘मल्टि स्टार मोटर प्रालि’ र स्टार जोनको शो रुमलाई ३ महिनाको भाडामा ५० प्रतिशत छुट दिएको थापाले जानकारी दिइन् । ‘अहिलेको अवस्था सहज छैन, घरधनीका पनि आफ्नै समस्या छन् । व्यवसाय नै सञ्चालन हुन नसक्दा व्यवसायी झन् मर्कामा छन् । त्यसैले हामीले घरभाडमा ५० प्रतिशत छुट दिने निर्णय गरेका हौं,’ थापाले भनिन् ।

कोइरालाले मासिक ९० हजार भाडा रहेको घरभाडामा तीन महिनाको एक लाख पैतिस हजार छुट दिएको र सम्झौता अनुसार प्रत्येक दुई बर्षमा बढाउँदै आएको १० प्रतिशत भाडा १ वर्ष नबढाउने प्रतिवद्धता गरे ।