पोखरा ४ स्थित नेलम्बो नेपालले प्रेस संगठन कास्कीलाई बुधवार स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ।
हाल विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड—१९) को बढ्दो संक्रमण र उच्च जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै अग्र भागमा खटिने पत्रकारलाई सुरक्षित रहेर आफ्नो कार्यमा खटिन सहज होस् भन्ने उद्देश्यले सहयोग गरेको हो ।
नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा, कार्यक्रम संयोजक डा. किसन कोइराला र सम्पर्क सुपरिवेक्षक भीमप्रसाद भण्डारीले ती स्वास्थ्य सुरक्षा सामग्री संगठन कास्कीका संयोजक माधव बराल, सहसंयोजक संदेश श्रेष्ठलाई नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठको उपस्थितीमा हस्तान्तरण गरेका हुन्।
संस्थाले जोरो नाप्ने थर्मल गन, स्यानिटाइजर, मास्क, ग्लब्स, सावुन सहयोग गरेको हो । अग्र भागमा खटिने पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्न पाउँदा आफूहरु खुशी भएको जनाउँदै संस्थाका अध्यक्ष देवकोटाले संस्थाले विगत साढे २ वर्षअघिदेखि स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा कार्य गर्दै आएको जानकारी दिए । आगामी दिनमा पनि प्रेस संगठन कास्कीसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रतिवद्धता समेत जनाए ।
प्रेस संगठन कास्कीका अध्यक्ष माधव बरालले सहयोगप्रति अभार प्रकट गरे । ‘यो महामारीको बेला पत्रकार अग्रभागमा खटिएर रिपोर्टिङ गर्नुपर्ने भएकाले स्वास्थ्य सुरक्षा सामग्री अझै बढी आवश्यक पर्दछ,‘ अध्यक्ष बरालले भने, ‘सहयोग गरेका यी सामग्री कास्कीमा क्रियाशिल सबै पत्रकार समक्ष पु¥याउछौं ।’
उनले संगठनले संगठनमा आवद्घ सबै पत्रकार तथा कास्कीमा क्रियाशिल छुटेका अन्य संघ, संगठनमा आवद्घ पत्रकारहरुको समेत कोरोना विमा गर्ने प्रतिबद्घतासमेत जनाए । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले संस्थाले कोरोना महामारीको यो समयमा पत्रकार सम्बद्घ संघसंस्थालाई सहयोग गरेकोमा आभार प्रकट गरे ।उनले सहयोगको उच्च मूल्याङकन गरिने समेत बताए ।
कार्यक्रम नेलम्बो नेपालका सम्पर्क सुपरिवेक्षक भीमप्रसाद भण्डारीले संचालन गरेका थिए ।




