हत्यारा तिम्रो
बलत्कारी तिम्रो
प्रहरी तिम्रो
प्रशासन तिम्रो
अदालत तिम्रो
सरकार तिम्रो
सञ्चार तिम्रो
संसार तिम्रो
म सँग त बस
यहि एक थान जिन्दगी छ
जुन तिमीले
जतिबेला पनि
झ्याप्प निभाउन सक्छौ
तर हेक्का रहोस
तिम्रो व्यवस्था विरुध्द
बलिरहेको
म एक मसाल हुँ ।




