कास्कीमा प्रहरी प्रमुख एसपी दानबहादुर कार्की विशेष ब्युरो नक्साल सरुवा भएका छन् । उनको ठाउँमा जीवनकुमार श्रेष्ठलाई पठाइएको छ ।
प्रहरी प्रधान कार्यालयले १६ जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको हो । श्रेष्ठ यसअघि ५ नं प्रदेश प्रहरी कार्यालय दाङमा थिए ।




