बगैंचाको एक्लो कुर्सी बाट
एकोहोरो शंख बजिरहेछ
सायद यहाँ निकै समय अघि
आशा जन्मेको हुनु पर्छ
चार हातले
आशालाई हुर्काएको हुनु पर्छ
चारै हातले
आशा लाई हातमा लिई
कहिल्यै नमार्ने बाचा गरेको हुनु पर्छ
सायद बाचा टुटेको दिन हो आज
त्यसैले त,
एकोहोरो शंख बजिरहेछ
तर एकोहोरो शंखको आवाज
मेरो कान मा मात्र छन
मन र मस्तिष्क दुबैले
बेवास्ता गरेका छन।




