सरकारले निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न दिने निर्णय गरेपछि यसको शुल्क पनि तोकेको छ ।
उनीहरुले सरकारले उपलब्ध गराएका नमूनामात्रै परीक्षण गर्न पाउने छन् भने एक नमूना परीक्षणको ५ हजार ५ सय शुल्क तोकिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबार निजी प्रयोगशालालाई पनि परीक्षणको अनुमति दिने जनाएका थिए । उनले भने, ‘यसको लागि लाग्ने खर्च नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको छ।’
परीक्षण दायरा बढाउनलाई सरकारले यो व्यवस्था गरेको हो ।




