नेपालगञ्ज मेडिकल कलेज कोहलपुरको सर्जरी वार्ड सिल

अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजको सर्जरी वार्ड सिल गरिएको छ।

वार्डलाई डिसइन्फेक्ट गर्न एक दिनका लागि सिल गरिएको अस्पतालले जनाएको छ । १० दिनअघि अस्पतालमा भर्ना भएका एक बिरामीमा कोरोना भाइरस संक्रमण देखिएपछि अस्पतालमा कार्यरत डाक्टर, नर्ससहित २५ जनालाई होम क्वारेन्टाइनमा छन् ।

संक्रमितको अवस्था भने सामान्य छ ।