आजभन्दा भोलि झनै तिम्रो सुरुवाल झर्दै गयो
तिमीमाथि नै थियो भरोसा झन् झन् तल सर्दै गयो
अपराधी लुकाएर भ्रष्टाचारको गोडमेल गर्दा
भरोसाको यो सरकारले गद्दारी झन् गर्दै गयो
यही थियो आशा अनि भरोसाको केन्द्रबिन्दु
रातमा दुई दिनामा चार बिश्वास झन् मर्दै गयो
करोडको गाडी कहिले, कहिले रातो कार्पेट
के भनौ खै, हामीलाई दिउँसै रात पर्दै गयो
कोरोनाले खान नपाई जनता भोकै मर्या बेला
राहात भन्दै आएको पैसा कनिकाझैँ छर्दै गयो
विदेशमा रोग र भोकले जनता अलपत्र पर्दा
स्वदेश ल्याउने बाहानामा आफ्नै भुँडी भर्दै गयो
खुले आम संसदहरु रास्ट्रको बिरोध गर्न थाले
कारबाही खै, तिम्रो सातो बिदेशीले नै हर्दै गयो ।




