शुक्रबार मृत्यु भएका ५ वर्षीय बालकमा शनिबार कोरोना पुष्टि

बाराको निजगढ नगरपालिका–६ योजनाटोलका एक बालकको मृत्युपछि कोरोना पुष्टि भएको छ ।

उपचारका क्रममा शुक्रबार वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका ५ वर्षीय बालकमा शनिबार कोरोना पुष्टि भएको छ । ती बालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा उदयनारायण सिंहले जानकारी दिए ।

सुरुमा आकस्मिक कक्षमा उपचार गरिएको ती बालकको आरडीटी पोजिटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा सारिएको थियो । शुक्रबार दिउँसो २ बजे भेन्टिलेटरमा राखिएका उनको साढे ४ बजे निधन भएको थियो ।

ती बालकको यात्रा विवरण नदेखिएको र यसअघि निजगढमा कोरोना संक्रमणसमेत पुष्टि नभएको अस्पतालले जनाएको छ । बालकको शव व्यवस्थापनका लागि सेनाको शव व्यवस्थापन टोली पुगेको छ ।