गण्डकीमा ३७ थपिए, कुल १८८ पुगे

- स्याङ्जामा ३ र ४ वर्षका बालक संक्रमित, मणिपालका १ बिरामीमा पनि पुष्टि

गण्डकी प्रदेशमा शुक्रबार थप ३७ जनामा कोरोना पुष्टि भएको छ । अब यहाँ कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ ।

संक्रमितमध्ये पर्वतका १३ जना, स्याङ्जाका २२ जना, तनहुँका १ जना तथा नवलपरासीका १ जना छन् ।संक्रमित सबै पुरुष हुन् ।

संक्रमितलाई ती जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भएको गण्डकीका स्वास्थ्य निर्देशक डा विनोद विन्दु शर्माले बताए ।