बाग्लुङको धौलागिरी अस्पतालमा उपचाररत ४ संक्रमित डिस्चार्ज भएका छन् ।
कोरोनको संक्रमण पुष्टि भई आईसोलेसन कक्षमा उपचाररत तमानखोला गाउँपालिका वर्ष २७ र २७ का २ पुरुष र बडीगाड गाउँपालिका वर्ष १९ र २० का २ पुरुष बुधबार डिस्चार्ज भएका हुन् । उनीहरुमा कोरोना नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।




