स्याङ्जाका ३ कोरोना संक्रमित उपचारपछि निको भएर आज घर फर्केका छन् । सिडिओ गंगाप्रसाद क्षेत्रीका अनुसार अहिले जिल्लामा ३४ संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ ।
३ जनाको जिल्ला अस्पतालमा र ३१ जनाको कालिका सामुयिक अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । निको भएर घर फर्कनेहरु वालिङ नगरपालिकाका १ पुरुष र गल्याङ नगरपालिकाका २ पुरुष छन् ।
उनीहरुको स्वाब जाँच्दा दोस्रो पटक कोरोना नेगेटिभ आएपछि ३ जनालाई घर पठाइएको हो । जिल्लाका ३८ संक्रमित मध्ये १ जनाको उपचारकै क्रममा पोखरामा निधन भएको थियो ।




