पोखराका पहिलो संक्रमितको सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ

पोखराका पहिलो संक्रमितको सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ पहिलो संक्रमितको सम्पकृमा आएका ३९ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले सबैको रिपोर्ट नेगेटिभ आएको र संक्रमितको अवस्था सामान्य रहेको जनाएको हो । २३ गते बेहोस अवस्थामा फेला परेको ६० वर्षीय ती संक्रमितलाई २४ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

कन्ट्याक्ट हिस्ट्री नभएका र सामाजिक रुपमा क्रियाशील ती संक्रमित पोखराका धेरै व्यक्तिसँग सम्पर्कमा थिए । उनको अर्काे 2 पटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।
यसैबीच, नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) को देबचुली नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ४० का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ्र । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४५ पुगेको छ ।