कास्कीका १० मा डेंगु, म्याग्दीमा देखियो स्क्रब टाइफस

कोरोना माहामारीसँग जुध्दै गर्दा गण्डकी प्रदेशमा डेंगु र स्क्रब टाइफस रोग पनि देखिएका छन् । पहिल्लो ६ महिनमा कास्कीमा १० जनामा डेंगु र म्याग्दीमा ५ जनामा स्क्रब टाइफस प्रमाणित भएको छ ।

जनवरीदेखि जुन महिनाको तथ्यांक सार्वजनिक गर्दै स्वास्थ्य निर्देशनालय गण्डकीले यस्तोजनएको हो । निर्देशनालयका तथ्यांक अधिकृत दिवाकर शर्माका अनुसार यो अवधिमा म्यागदीमा १२, कास्कीका १०, नवलपुरमा १, पर्वतमा २ र बागलुङमा १ जना गरी २७ जनामा डेंगु देखिएको

स्क्रब टाइफस भने अहिलेसम्म म्याग्दीमा मात्रै देखिएको छ । डंगुका बिरामीलाई अत्याधिक ज्वरो आउँने, आँखा दुख्ने, टाउँको दुख्ने, मांसपेशी तथा जोर्नीहरु दुख्ने, शरीरमा विविराहरु आउने आदि लक्षण देखिन्छन् । यसबाट बाच्न लामखुट्टे बस्ने वातवरण नबनाउने, घर वरिपरिका खाल्डाखुल्डी पुर्ने, घर बाहिर निस्किँदा शरीर ढाक्ने कपडा लगाउने, लामखुट्टेले नटोक्ने क्रिमको प्रयोग गर्ने, झुलको प्रयोग गर्ने, घरमा बाल्टिन तथा भाडाहरुमा राखेको पानी छोपेर राख्ने, गाडीका पुराना टायरहरु व्यवस्थापनमा ध्यान दिने जस्ता उपाय अपनाउनुपर्छ ।

स्क्रब टाइफसका किटाणु मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्ने चिकित्सकले बताएका छन् । यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने हुन्छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।