ज्योतिरादित्य सिन्धिया र उनकी आमालाई कोरोना संक्रमण

भारतीय जनता पार्टी (बीजेपी) नेता तथा पूर्व केन्द्रीइ मन्त्री ज्योतिरादित्य सिंधिया र उनकी आमा माधवी राजे सिंधियालाई कोरोना संक्रमण भएको छ ।

उनीहरुलाई दिल्लीको मैक्स हॉस्पिटलमा भर्ना गरिएको छ । स्रोतका अनुसार उनीहरु ४ दिनअघि अस्पताल भर्ना भएका हुन् । ज्योतिरादित्यमा कोरोनाका लक्षण देखिएका थिए तर उनकी आमामा थिएन ।

लकडाउन घोषणा भएपछि उनीहरु दिल्लीमै थिए । उनीहरुमा कोरोना पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएकाहरु क्वारेन्टिनमा बसेका छन् ।