संकटमा सहकारीको भूमिकाबारे अन्तर्क्रिया

सहकारी सञ्चालकहरुको छाता संगठन कोअपरेटिभ प्रेसिडेन्टस सोसाइटी (कोप्स)ले सोमबार कोरोना महामारीको समयमा उत्पादनमा वृद्धि र अर्थतन्त्रलाई चलायमान बनाउन सहकारीको भूमिकाबारे अन्तक्र्रिया गरेको छ ।

भर्चुअल माध्यमबाट भएको अन्तक्र्रियामा अहिले सहकारीको तरलता ब्यबस्थापन, अर्थतन्त्रलाई उत्पादनमूलक कार्यमा लगाई बिपदपछि शेयर सदस्य र गैरशेयर सदस्यमा रोजगारी सिर्जनाबारे छलफल भएको छ । शेयर सदस्यको स्वास्थ्य सुरक्षा, कर्जा सुरक्षण नीति, आन्तरिक ब्यबस्थापन, ब्याजदर परिवर्तन, कर्जा रिसेडियुल तालिका, शेयर सदस्यलाई राहात एबम सहुलियत दरमा कर्जा प्रदान लगायतका विषयमा छलफल गरिएको कोप्सका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।

छलफलमा जिल्ला सहकारी संघ कास्की अध्यक्ष रविरमण तिवारी, कास्की जिल्ला बचत संधका अध्यक्ष भेषराज बराल, लेखा संयोजक महेश्वर अधिकारी, जिल्ला सदस्य संगिता गौतम तिमिल्सिना, कोप्सका महासचिव रामचन्द्र शर्मा, कोअपरेटिभ म्यानेजर्स कल्बका संस्थापक अध्यक्ष मीलन ढकाल, रतनपाण्डे बचत तथा ऋण सहकारीका अध्यक्ष वसन्त शर्मा अघिकारी , पिपल्स सहकारीका लेखा संयोजक बिस्णुप्रसाद भण्डारी, नेप्स्कुन क्षेत्रिय कार्यालयका पूर्व फिल्ड ईन्चार्ज जगन्नाथ लामिछाने लगायतलले यो संकटक बेला सबै सहकारीकर्मी अभियानमा एकजुट भई लाग्नुपर्नेमा जोड दिए ।

कायक्रममा कोप्सका महासचिव रामचन्द्र शर्माले वर्तमान परिपेक्ष्यमा सहकारी सञ्चालकको भूमिका विषयमा कार्यपत्र पेश गरेका थिए ।
बैठकले कोरोनाका बेला फ्रन्टलाइनमा रहेर खटिने कर्मचारीको अनिबार्य कोरोना बिमा, कामको प्रकृति अनुसार खटिएका कर्मचारीलार्इ कहिकतै महामारीको बीचमा कामबाट निस्कासन नगर्ने र कुनै कुनै सहकारीले पूरा पारिश्रमिक नदिएको भन्ने गुनासा सुनिएकाले त्यस्तो नगर्ने अनुरोध गर्ने निर्णय गरेको छ ।

पुम्दिभुम्दी बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष यामकुमार बरालले टेक्निकल भूमिका निर्वाह गरेको बैठक कोप्सका संस्थापक अध्यक्ष डिल्लीराम बरालको अध्यक्षता भएको थियो।