साहित्यकार पुनम काफ्ले नयाँ कथा संग्रह लिएर आएकी छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरको आयोजनामा भएको कार्यक्रममा भर्चुअल विधिबाट कथा संग्रह अन्तध्र्वनि सार्वजनिक गरिएको हो ।
अनेसास न्यूयोर्ककी पूर्व अध्यक्षसमेत रहेकी काफ्ले यो नवौं कृति हो । दुई दशकदेखि नेपाली साहित्यका क्रियाशीलको कृति विमोचन कार्यक्रममा महाबाणिज्य दूत पुष्पराज भट्टराई, अनेसास केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, अनेसास ट्रष्टी अध्यक्ष गीता खत्री, कथाकार मधुवन पौडेल, साहित्यकार डा मधु माधुर्य, जगदीश उपाध्याय, पूर्ब च्याप्टर अध्यक्षहरु ज्योति पौडेल, विकास बिष्ट, राजेन्द्र श्रेष्ठ, साहित्यकार रश्मी भट्ट, उपाध्यक्ष शान्ता घिमिरे, राजन महर्जन, जानुका वस्ति ढकाल, मेनका पराजुली, सिर्जना लामा, सोभा गौतम, पूर्व पदाधिकारी बेदा आचार्य, साहित्यकार सीता खरेल, समालोचक रश्मि भट्टज्यु, किरण काफ्ले लगायत उपस्थित थिए ।
संग्रहको समीक्षा गर्दै डा. मधु माधुर्यले कथामा निहित मधुर भाव ,मानवीय समबेदना, पुराना र नयाँ सोचको द्वन्द, रुढीवादी समाज भित्रका बाध्यता, सेरोगेट पिताको महानता, तेस्रो लिंगी समाजले भोग्नु परेको पीडा, बिदेशिएर झेल्नुपरेको दुख, पुरुष हृदयको कोमलपन आदि विषयवस्तु रहेको जनाए । कृतिमा बीस कथा छन् ।
कथाकार काफ्लेले कथामा आफूले जीवन लेख्ने प्रयत्न गरेको बताइन् । अनेसास न्यूयोर्क च्याप्टरका महासचिव राजन महर्जनले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता च्याप्टरका अध्यक्ष शकुन ज्ञवालीले गरेकी थिइन् । बिषम् परिस्थितिमा पनि च्याप्टरले समय र परिस्थितिलाई मनन गर्दै आयोजना गरेको अनलाइन पुस्तक विमोचनमा सहभागी सबैलाई अध्यक्ष ज्ञवालीले धन्यवाद ज्ञापन गरिन् ।




