हरिदेवी कोइरालालाई गण्डकी नारी सम्मान


विश्वको पहिलो महिला क्लब लायन्स क्लब अफ पोखरा गण्डकीले लोक गायिका प्राज्ञ हरिदेवी कोइरालालाई गण्डकी नारी सम्मान –२०७७ बाट सम्मान गरेको छ ।

बन्दाबन्दीमा भर्चुअल प्रविधिको प्रयोग गरेर नगद २५ हजारसहित सम्मान गरिएको क्लबका अध्यक्ष हिरा भट्टराईले जानकारी दिइन् । “अहिलेको अवस्थामा जमघट गरेर कार्यक्रम गर्न सम्भव भएन, त्यसैले क्लबका सदस्य र लिडरहरुको भर्चुअल उपस्थितिमा सम्मान गरेका हौँ,” उनले भनिन् ।

क्लबले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पु¥याएका महिलालाई नगदसहित सम्मान गर्दै आएको छ । लायन्स क्लब अफ ३२५ बि १ का गर्भनर इन्दु लम्सालले समय परिस्थिति अनुकुल नहुँदा पनि प्रविधिको प्रयोगमार्फत निरन्तरता दिएर सम्मान कार्यक्रम गर्नु सह्रानीय भएको बताइन् । लम्सालले लोक गायिका कोइरालाले नेपाली लोक संस्कृतिको विकासमा पु¥याएको योगदानको चर्चा गरिन् ।

पूर्व गर्भनर धनराज आचार्यले समाजको हरेक गतिविधिमा सक्रिय महिला क्लबले कोरोना बीच पनि फरक ढङ्गले सम्मान कार्यक्रम गरी उदाहरणीय कार्य गरेको जनाए ।

सम्मानित कोइरालाले कोरोनाबीचको सम्मान जीवनकालको विल्कुल फरक र अविस्मरणीय भएको उल्लेख गरिन् । सम्मानले लोक संस्कृति विकासमा निरन्तर लाग्ने प्रेरणा मिलेको उनको भनाइ छ ।

क्लबका ५५ जना सदस्य र आमन्त्रित व्यत्तित्वसहित भर्चुअल कार्यक्रममा को चिफ एडभाइजर सुचित्रा थापा, लायन इन्दिरा बराल, शारदा पराजुली, साधना चालिसे लगायतले सम्मानित व्यक्तित्वलाई शुभकामना दिएका थिए ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं