मृतकको सम्पर्कमा आएका ३० जनालाई कोरोना

अर्घाखाँचीमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि मृत्यु भएका युवकको सम्पर्कमा आएका ३० जनासहित ३१ जना नयाँ संक्रमित फेला परेका हुन् ।

प्रमुख जिल्ला अधिकारी विजय पौडेलले यसको पुष्टि गरे । भूमिकास्थान नगरपालिका ९ चरेपानीका ती युवकको भारतबाट फर्कने क्रममा जेठ १० गते बाटोमै मृत्यु भएको थियो । मृत्युपछि उनीसँगै आएका, शव बोकेका र सम्पर्कमा रहेका ५० जनाको स्वाब जाँच गरिएको थियो ।