गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पोखरा महानगरपालिकामा १ जनामा
सोमबार कोरोना पुष्टि भएको जनाए पनि ती व्यक्ति पर्वतका स्थायी वासिन्दा भएको खुलेको छ ।
पर्वतको बासखर्कका स्थायी बासिन्दा ती ४२ वर्षीय पुरुषलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा लैजाने तयारी भएको छ । जेठ १६ गते सुनौलीको क्वारेन्टिनबाट पोखरा आएका उनी अहिले महागरको क्वारेन्टिनमा छन् ।
अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय १५ पुगेको छ । पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले उनमा कोरोनाका लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।




