पोखरा महानगरपालिकाका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
महानगरपालिकाको क्वारेन्टाइनमा रहेका ४२ वर्षका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले पुष्टि गरे । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय १५ पुगेको छ ।





