्गण्डकी प्रदेशमा कोरोनाबाट १ जनाको ज्यान गएको छ ।
स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ती पुरुषमा आइतबार कोरोना पुष्टि भएको थियो । प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले उनको मृत्यु भएको पुष्टि गरेका हुन् ।

उनलाई आइतबार आइसोलेसनमा भर्ना गरिएको थियो ।
यता, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले भने वालिङ ३ का ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरेको छ । अस्पतालका निर्देशक सहप्राडा अर्जुन आचार्यले सोमबार बिहानी विज्ञप्ति निकाली ती पुरुषको आइतबार राति ११ ः २५ बजे निधन भएको पुष्टि गरेका छन् । उनमा मृगौलारोग, मधुमेह, रक्तअल्पता जस्ता समस्यासमेत रहेको विज्ञप्तिमा उल्लेख छ ।




