जन्मभूमी आँउदा समेत मुश्कान छैन ओठमा
क्वारेन्टाइनमा बस्नु पर्दा आज भैँसी गाेठमा!
सरकार पनि अच्म्मैकाे अहिले गाँउ गाँउमा
भैँसी गाेठमा मान्छे राख्छ क्वारेन्टाइनका नाँउमा!
गाेठका पशु अन्त सारि त्यस्लाइ पारि खाली
न त ढाेका लाउन मिल्ने न त तार जालि!
चितुवाले तान्ने हाे कि राति सुत्दा खेरि
के काे आउनु निन्द्रा त्यँहा जागा रातै भरि!
सुत्न पनि मिल्ने हाे र जिउ नै खसखस गरि
भैँसी गाेठका जुम्रा किर्ना सल्कि हरै भरि!
काेराेनाकाे त्राससङ्गै किर्नाकाे नि भय
नँयै राेग पाे सर्नै हाे कि त्यहाँ बस्न गए!
मान्छे चुस्ने जन्तु चुस्ने अनेक थरि किर्ना
स्वदेश बिदेश जँहा पनि छाेडेनन् नि पिर्न !
न त राख्छन् मान्छे अझ बेग्ला बेग्लै गरि
पशु सरि काेचेकाे छ मान्छे गाेठै भरि!
क्वारेन्टाइनमै मान्छे माेर्ने आँउदा यस्ता दिन
सुधार्ने त्याे मेसाे चाँहि देखिएन किन?
न त कुनै मापदण्ड न विज्ञकाे राय
क्वारेन्टाइनकाे खर्च भन्दै भा काे बजेट खाए!
ज्यान जाेगाउन फर्कि आँउदा आज आफ्नै घर
काेराेनाकाे भन्दा पनि क्वारेन्टाइनकाे डर!
बाध्यतै छ क्वारेन्टाइनकाे क्यारि भनुन् जान्न?
क्वारेन्टाइनमा बाँचे भने काेराेनाले लान्न!
काेराेना पाे आयाे भन्थे आज जगत भरि
कमाउने पाे दिन हुन खै नानाभाँति गरि?
अच्म्मै पाे हुँदाे रै छ लागे पछि बानी
आफ्नै कात्राे किन्दा समेत कमिशन त्याे खानि!
अर्वाैकाे खर्च आज काेराेनाका नाँउमा
भैँसी गाेठमा क्वारेन्टाइन हरे कठै गाँउमा!




